Bagmati Samachar Logo

विश्वकपबाट बाहिरियो पोर्चुगल,रोनाल्डोको अन्तिम विश्वकप

काठमाडौं । पोर्चुगल फिफा विश्वकप २०२६ को प्रतिस्पर्धाबाट बाहिरिएको छ ।

मंगलबार बिहान अमेरिकाको डलास रंगशालामा भएको अन्तिम १६ को खेलमा स्पेनसँग १–० गोल अन्तरले पराजित भएर पोर्चुगल प्रतिस्पर्धाबाट बाहिरिएको हो ।

निक्कै प्रतिस्पर्धात्मक बनेको खेलको ९० मिनेटसम्म कुनै पनि गोल भएको थिएन । यद्यपि, इन्जुरी समयको पहिलो मिनेटमा नै स्पेनका मिकेल मेरिनो गोल गरे । मेरिनोले गरेको उक्त गोल नै निर्णायक बन्यो ।

विजेता बनेको स्पेन क्वार्टरफाइनलमा पुगेको छ । उसले अब आजै हुने अमेरिका र बेल्जियमबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

पोर्चुगलको हारसँगै कप्तान क्रिस्टियानो रोनाल्डोका लागि यो सम्भवत: अन्तिम विश्वकप हो ।