एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । एमालेले आज दिउँसो २ बजेका लागि बैठक बोलाएको हो ।
बैठक पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्ने एमाले प्रचार प्रसार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
संसदीय दलको बैठकपछि एमालेले पार्टी सचिवालय बैठक पनि बोलाएको छ सचिवालय बैठक साँझ ६ बजेका लागि बोलाइएको छ ।
सचिवालय बैठक अध्यक्ष केपीको ओलीको गुन्डुस्थित निवासमा बस्ने एमाले आचार्यले बताए ।



प्रतिक्रिया दिनुहोस्: