Bagmati Samachar Logo

प्रधानमन्त्री बालेनले भने : यही कार्यकालमा सुकुमवासी र सहकारी समस्या समाधान गर्छौं

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले यही कार्यकालमा सुकुमवासीदेखि सहकारी समस्या समाधान गर्ने बताएका छन् ।

चितवनको भरतपुरमा आजदेखि सुरु भएके प्रथम महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री शाहले भने, ‘हामीले यही कार्यकालमा सुकुमवासी समस्या समाधान गर्छौं । यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौं । अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैनौं । अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाने हो ।’