मेरो राष्ट्रियताबारे कसैले कुनै शंका मान्नुपर्दैनः प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफ्नो राष्ट्रवादमा कुनै पनि शंका नराख्न आग्रह गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेने सीमा सम्बन्धमा आफ्नो अभिव्यक्तिलाई लिएर चिन्ता नगर्न भनेका हुन्।
उनले भने, ‘हामी हाम्रो छिमेकीसँग आफै कुरा गरेर मिलाउँछौं। हामीसँग प्रमाण छ। हामी ल्याउँछौं। त्यो कुरा ल्याउँछौं। यसमा आशंका मान्नुपर्दैन। मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नुपर्दैन। कसैले मान्नुपर्दैन ।’
भारतसँग सीमा विवादको समाधानका लागि सरकारले बेलायतको मध्यस्थता नखोजेको पनि उनले बताए।
उनले भने, ‘ब्रिटिशले राज गर्दाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौं। ब्रिटिशलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौं ।’
प्रधानमन्त्री बालेनले जेठ १७ गते प्रतिनिधि सभाको रोस्ट्रमबाट नेपालले भनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्तिा दिएका थिए।
उक्त अभिव्यक्तिप्रति विपक्षी दल र नागरिकस्तरमा समेत प्रधानमन्त्री बालेनको चर्को आलोचना भएको थियो।


प्रतिक्रिया दिनुहोस्: