विप्लवलाई ठूलो धक्का, १२ जनाले दिए सामूहिक राजीनामा
काठमाडौँ । नेकपा माओवादीका १० केन्द्रीय सदस्यसहित १२ जनाले सामूहिक राजीनामा दिएका छन् । महासचिव नेत्रविक्रम चन्द विप्लवको कार्यशैलीको आलोचना गर्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।
उनीहरूले कम्युनिस्ट आन्दोलनलाई रूपान्तरण, एकता, पुनर्गठन गर्नमा विप्लव पछि हटेको आरोप लगाएका छन्। पार्टीभित्र बहसको माग गर्नेलाई निस्कासन गरेको भन्दै असहमति राखेका छन् ।
आज एक विज्ञप्ती जारी गर्दै पार्टी छोडेको घोषणा गरेको छ । विज्ञप्तीमा भनिएको छ , ‘१४ वर्ष पहिला एकिकृत माओवादीबाट र १२ वर्ष पहिला कमरेड किरण नेतृत्वको नेकपा–माओवादीबाट विद्रोह गरि अधुरो क्रान्तिपुरा गर्ने उद्देश्यका साथ विप्लवको नेतृत्वमा पार्टी पुर्नगठन गरेका थियौँ । विघत १२ वर्षसम्म संघर्षका सम्पूर्ण मोर्चाहरु प्रयोग गरिसक्दा पनि क्रान्ति सम्पन्न त भएन नै सामान्य आसातित उपलब्धिी पनि हाँसिल हुन सकेन ।
केन्द्रीय सचिवालय सदस्य उमा भुजेल, चन्द्रबहादुर खड्कालाई पार्टीमा निष्कासन गर्नु भर्त्सनायोग्य भएको जनाएका छन् ।




प्रतिक्रिया दिनुहोस्: