अध्यक्ष ओलीको फोनले सुदूरपश्चिम एमाले संसदीय दलको कार्यालयमा तोडफोड र तालाबन्दी
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका मन्त्री फेरबदल नगर्न फोनबाटै निर्देशन दिएका छन् । ओलीको निर्देशन पछि सुदूरपश्चिममा विरोध भएको छ ।
असन्तुष्ट समूहले सोमबार धनगढीस्थित एमाले संसदीय दलको कार्यालयमा नाराबाजी, तोडफोड र तालाबन्दी गरेका छन् । नाराबाजीकर्ताहरूले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको विरुद्ध दलको कार्यालयमै ‘राजेन्द्र रावल’ मुर्दावाद भन्दै नारा लागेको छ ।
सोमबार दिउँसो मन्त्री फेरबदलको विषयमा संसदीय दलको बैठक बसिरहेको थियो । चार जना प्रदेश सभा सांसदहरुको मन्त्रीमा नाम सिफारिस भएको थियो । सिफारिस भएकाहरुले आज शपथ खाने कार्यक्रम थियो । तर अन्तिम समयमा आएर मन्त्री फेरबदल नगर्न ओलीले निर्देशन दिएपछि विरोध भएको छ ।


प्रतिक्रिया दिनुहोस्: