रास्वपाको ३८ जिल्ला अधिवेशनबाट निर्वाचित भएका सभापतिहरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ३८ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको छ। यसमध्ये कतिपय जिल्लामा सर्वसम्मत कार्यसमिति चुनिएका छन्, अधिकांश जिल्लामा निर्वाचनमार्फत कार्यसमिति छानिएका छन्।
बागमती प्रदेशका ९ वटा जिल्लामा अधिवेशन भएको छ। ८ वटा जिल्लामा कार्यसमिति निर्वाचित भइसकेका छन् । सिन्धुपाल्चोकमा आइतबार(आज) निर्वाचन हुँदैछ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ ९ गते चितवनमा हुँदैछ।
त्यसैका लागि रास्वपाले तहगत समितिको अधिवेशन गरिरहेको हो। केहि जिल्लाहरुमा जिल्ला अधिवेशनहरुमा विवाद हुँदा स्थगित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्: