उत्ताउलिएर धेरै अघि नबढ्नुहोला, अराजकतन्त्र लामो समय चल्दैन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका छन्।
उनले अराजकतन्त्र धेरै लामो समय नजाने पनि बताए।
पार्टीको दुई दिने कार्यशाला उद्घाटन गर्दै आज ओलीले भने, ‘संस्था र व्यक्तिहरूलाई म भन्न चाहन्छु( समय परिस्थिति एकैनासको रहँदैन। उत्ताउलिएर धेरै अघि नबढ्नुहोला। सधैं एउटै परिस्थिति रहँदैन।’
सरकारको आलोचना गर्नेहरूलाई प्रहरी र प्रशासन लगाएर कागज गराउने गरिएको दाबी उनको थियो।
उनले राणाशासन, पञ्चायती व्यवस्था, राजतन्त्र ढलेको उल्लेख गर्दै थपे, ‘यो अराजकतन्त्र कति समयको पाहुना हो ? यो लामो समय चल्न सक्दैन।’
उनले भने, ‘उनले अहिले सरकार पूर्वाग्रही ढंगले अघि बढेको पनि बताए। ‘यो राज्य होइन, पूर्वाग्रहको पोको हो ।’
भदौ २३ र २४ को घटनालाई ‘पचाउने’ प्रयास भएको पनि उनले बताए। आफू बाबुको किरिया बसेर सकेलगत्तै सरकारले बिना आधार पक्राउ पूर्जी थमाएको उनले बताए।
‘गौरीबहादुर कार्कीको हावा प्रतिवेदनका आधारमा पक्राउ पूर्जी दिने, पक्राउ गर्नेरु,’ उनको प्रश्न छ।


प्रतिक्रिया दिनुहोस्: