Bagmati Samachar Logo

कलाकार प्रशान्त तामाङको निधन

काठमाडौं । कलाकार प्रशान्त तामाङको निधन भएको छ ।

भारतको राजधानी नयाँ दिल्लीस्थित निवासमा हृदयघातबाट उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

भारतीमूलका नेपालीभाषी तामाङ ‘इन्डियन आइडल’को विजेता भएपछि चर्चामा आएका थिए । उनले नेपालमा गीत र चलचित्रमा काम गरेका थिए ।

उनले ‘गोर्खा पल्टन’, ‘प्रदेशी’, ‘प्रदेशी– २’ चलचित्रमा अभिनय गरेका छन् ।