काठमाडौँले लुम्बिनीलाई दियो १५८ रनको लक्ष्य
काठमाडौं । कप्तान करण केसी चम्किएपछि काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्ससामु एक सय ५८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार पहिले ब्याटिङ गरेको काठमाडौँले आठ विकेटको क्षतिमा एक सय ५७ रन बनाएको हो।
काठमाडौँका कप्तान करण केसी ३४ रनमा अविजित रहे। उनले ११ बलमा एक चौका र चार छक्का प्रहार गरे।
ओपनर आकाश त्रिपाठीले ३२ रन बनाए। ३६ बलमा तीन चौकाको सहयोगमा ३२ रन बनाएका आकाश शेर मल्लको बलमा डिआर्सी सर्टको हातबाट क्याच आउट हुन पुगे।
त्यस्तै, १६ बलमा दुई छक्का प्रहार गरेका सन्तोष यादवले २६ रन बनाउँदा रुवेन ट्रम्पलम्यानको बलमा सन्दीप जोराको हातबाट क्याच आउट नै भए। मिलिन्द कुमार र जेरहार्ड इरसमस समान १७ रन थप्दै पेभेलियन फर्के।
रसिद खानले १४ रन थपे। जोन सिम्सन सात र वेन चार्ल्सवर्थ शून्य रनमा नै आउट भए। मोहम्मद आदिल आलम चार रन बनाउँदा क्याच आउट भए।
लुम्बिनीका लागि रुवेन ट्रम्पलम्यान, शेर मल्ल, रोहित पौडेल र गुल्बदिन नैबले दुई–दुई विकेट लिए।

प्रतिक्रिया दिनुहोस्: