Bagmati Samachar Logo

देउवाको गर्धनमाथि १२ वटा टाँका, केहीदिन अस्पतालमै बस्ने

काठमाडौं । जेन–जी प्रर्दशनकारीको आक्रमणमा परी घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवाको गर्धनमाथि १२ वटा टाँका लगाइएको छ । सैनिक अस्पतालमा उपचाररत देउवाको अवस्था भने खतरामुक्त रहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

उनले शुक्रबार भने, ‘गर्धनमाथि गम्भीर चोट लागेको छ । १२ वटा टाँका लगाइएको छ । उठ्दा रिंगटा लाग्ने र धेरैबेर बोल्दा असहज हुने भएकाले केही दिन अस्पतालमा राखेर उपचार गर्ने डाक्टरको सल्लाह छ ।’

विश्वकर्माले देउवाको सबै नेताहरूसँग कुरा भइरहेको र केही दिनमा सार्वजनिक हुने बताए ।

जेन–जी प्रर्दशनको क्रममा सभापति देउवामाथी आक्रमण भएको थियो । सो क्रममा देउवालाई गर्धनमाथिको भागमा चोट लागेको थियो । विश्वकर्माका अनुसार देउवाको स्वास्थबारे उपसभापति पूर्णबहादुर खड्काले आजको कार्यसम्पादन समिति बैठकमा ब्रिफिङ गरेका छन् ।

विश्वकर्माले भने, ‘उहाँको टाउको १२ टाका लागेको र बोल्दा अहसज हुने, उभिँदा चक्कर लाग्ने भएकाले डाक्टरले डिस्चार्ज नगरेको र अझै केहीदिन अस्पतालमै बस्ने बिफ्रिङ भएको छ ।’