रोकिएन खेलाडीको विदेशीने क्रम,अष्ट्रेलिया लागे भलिबल खेलाडी रविन चन्द
काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीका भलिबल खेलाडी रविन चन्द विदेश गएका छन् । नेपाल पुलिस क्लबबाट भलिबल खेल्दै आएका स्पाइकर चन्द पनि अस्ट्रेलिया लागेका छन्। उनी शुक्रबार बिहान विभागीय टिम नेपाल पुलिस क्लब छोडेर भविश्य खोज्दै अस्ट्रेलियाका गएका छन् ।
रविनले केही समयअघि माल्दिभ्समा भएको काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा हेल्प नेपाल स्पोर्ट्स क्लबबाट खेलेका थिए ।
पछिल्लो समय नेपाली भलिबल खेलाडीहरु अष्ट्रेलिया जाने क्रम जारी छ ।
नेपाली पुरुष भलिबल टोलीका कप्तान रहिसकेका मानबहादुर श्रेष्ठ, विशाल विक, टेकराज अवस्थी, लोकेन्द्र गिरी र हेमन्त मल्ल अस्ट्रेलियामै छन् ।
केही दिन पहीला महिला राष्ट्रिय टिमकी मिडल ब्लकर कविता भट्ट पनि अष्ट्रेलिया गएकी थिइन् । यस्तै त्यसअघि नै सरस्वती चौधरी पनि एपिएफबाट राजीनामा दिएर अष्ट्रेलिया गएमा नै छिन् ।
प्रतिक्रिया दिनुहोस्: