Bagmati Samachar Logo

ईभी प्रवर्द्धन गर्न चार्जिङ स्टेसन र वर्कसपमा लगानीलाई प्रोत्साहन, भौतिक पूर्वाधार मन्त्रालयलाई १ खर्ब ५२ अर्ब

काठमाडौं । सरकारले विद्युतीय सवारी साधन सञ्चालन गर्न प्रोत्साहन गर्ने भएको छ।

आगामी वर्षको बजेटमा निजी क्षेत्रलाई चार्जिङ स्टेसन र वर्कसप सञ्चालन गर्न प्रोत्साहन गर्ने बजेटमा उल्लेख गरिएको हो।

साझा यातायातलाई विद्युतीय बस खरिद गर्नको लागि थप आर्थिक सहयोग उपलब्ध गराउने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्।

भौतिक पूर्वाधार मन्त्रालयका लागि १ खर्ब ५२ अर्ब रुपैयाँ विनियोजन भएको छ।