कर्णाली याक्स र काठमाडौं गुर्खाजको खेल हुँदै
काठमाडौं । एनपीएल अन्तरगत जारी खेलमा बुधबार विहान कर्णाली याक्स र काठमाडौं गुर्खाज भिड्दै छन् । कीर्तिपुर स्थित क्रिकेट मैदानमा हुने खेलमा यी दुवै टोली भिड्न लागेका हुन् । दुवै टोली यसअघि पहिलो खेलमा पराजित भएकाले यस खेलमा जितका साथ प्रतियोगितामा पहिलो जित हात पार्न चाहन्छन् । पहिलो खेलमा कर्णाली याक्स जनकपुर बोल्ट्स हारेको थियो भने काठमाडौं गुर्खाज चितवन राइनोजसँग पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्: