प्रधानमन्त्री ओलीद्वारा बुबाको हातबाट विजयादशमीको टीका जमरा लगाए
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको टीका जमरा बुबा मोहनप्रसाद ओलीको हातबाट लगाएका छन् । प्रधानमन्त्री ओलीले बुबाको हातबाट टिका जमरा लगाएसँगै श्रीमति राधिका शाक्य तथा अन्य परिवाजनलाई पनि टीका लगाइ दिएका उनको सचिवाललये जनाएको छ ।
त्यसपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गरेका थिए ।
यसपटक बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्का कारण प्रधानमन्त्री ओलीले सर्वसाधणलाई टीका लगाइदिने कार्यक्रम भने नरहेको सचिवालयले जनाएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैँको टीकाको शुभ साइत आज बिहान ११ बजेर ३६ मिनेटमा आरम्भ भएको छ ।
प्रतिक्रिया दिनुहोस्: