Bagmati Samachar Logo

दुर्गा प्रसाईलाई ५ वर्ष कैद माग गर्दै मुद्दा दायर

काठमाडौं । पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई पाँच वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर भएको छ । चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर भएको हो ।
विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार उनीविरुद्ध मागदाबी लिइएको छ । उनी आठ दिन अघि पक्राउ परेका थिए ।