Bagmati Samachar Logo

जहाजको इन्डिकेटरमा समस्या देखिएपछि

काठमाडौं ।
काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरिएको छ। बिहान ८ बजे उडेको उक्त जहाज इन्डिकेटरमा समस्या देखिएपछि त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो । जहाजमा उडेको केहीसमयमै समस्या देखिएको हो । समस्याग्रस्त जहाजका यात्रुलाई अर्को विमानमा गन्तव्यतिर पठाइएको श्री एयरलायन्सले जनाएको छ ।