Bagmati Samachar Logo

मुख्यसचिव नियुक्तिप्रति असन्तुष्टि जनाउँदै ज्ञवाली र भट्टराईले दिए राजीनामा

काठमाडौं । चौथो वरियताका सचिव एकनारायण अर्याललाई मुख्यसचिव बनाएको भन्दै दुई वरिष्ठ सचिवले राजीनामा दिएका छन्।

राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवाली र महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले राजीनामा दिएका प्रधानमन्त्री स्रोतले जनाएको छ।

ज्ञवाली सचिवहरूमध्ये सबैभन्दा वरिष्ठ रहेर वरियताको एक नम्बरमा थिए भने भट्टराई तेस्रो नम्बरमा थिए।

तर, भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिव बनाएपछि उनीहरू असन्तुष्ट हुँदै राजीनामा दिएका हुन्।

स्रोतका अनुसार सचिवद्वयको राजीनामा स्वीकृत समेत भइसकेको छ।

सरकारले वरियता मिच्दै चौथो नम्बरमा रहेका अर्याललाई मुख्यसचिव बनाएपछि कर्मचारी संयन्त्रमा असन्तुष्टी चुलिएको हो।

राजीनामा दिएका तोयनारायण ज्ञवाली भने यही भदौ २२ गते अवकाशमा जाँदैछन्।