Bagmati Samachar Logo

टीआरसीसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण, आयोगमा पदाधिकारी नियुक्त गर्ने बाटो खुल्यो

काठमडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टीआरसीसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी ऐन संशोधन विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको शीतलनिवासले जनाएको छ । सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेस भएको थियो ।

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन यो विधेयक निकै महत्वपूर्ण थियो । विधेयक प्रमाणीकरण भएसँगै अब दुवै आयोगमा पदाधिकारी नियुक्त गर्ने बाटो खुलेको छ ।