Bagmati Samachar Logo

नेपाल दुर्लभ रक्तसमुदाय चितवनले बृहत राष्ट्रिय भेला तथा रक्तदाता सचेतना गर्ने

चितवन । नेपाल दुर्लभ रक्तसमुदाय, चितवनको आयोजनामा असोज ३ र ४ गते नेगेटिभ रगतको रक्तदाताहरुको बृहत राष्ट्रिय भेला तथा रक्तदाता सचेतना कार्यक्रम साथै प्रथम केन्द्रिय महाअधिवेशन गर्ने तयारी गरेको आज एक पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।
नेगेटिभ रगत हुने रक्तदाता बीचमा दुर्लभ रगत र यसको व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा अन्तर्कृया गरिने छ ।

असोज ४ गते विभिन्न जिल्लाका प्रतिनिधिहरुको उपस्थितिमा प्रथम केन्द्रीय महाधिवेशन गर्ने संस्थाको, चितवन जिल्ला अध्यक्ष लक्ष्मण ज्ञवालीले जानकारी दिए । २०५८ सालमा स्थापना भएको नेपाल दुर्लभ रक्त समुदायले हालसम्म देश भरी नै नेगेटिभ रगत व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएको छ।

पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष लक्ष्मण ज्ञवाली, उपाध्यक्ष अरुण बहादुर रानाभाट र सचिव राजमणी नेपाल लगायतको उपस्थित थियो ।