Bagmati Samachar Logo

हेटौंडामा ७० वर्षीया वृद्धाकाे हत्या आरोपमा नाति पक्राउ

हेटौंडा । हेटौंडामा सोमबार बिहान एक वृद्धाको शव घरमा भेटिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १, स्थित पाथिभरा मन्दिर नजिकैको एक घर वृद्धाको शव भेटिएको हो ।

उक्त शव स्थानीय ७० वर्षीया ठूलीमाया विकको रहेको मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार, ती वृद्धाको शव आफ्नै घरको सुत्ने कोठमा दुबै कानबाट रगत बगेको अवस्थामा भेटिएको हो ।

ठूलीमायाको दुबै कानबाट रगत बगेको पाइएको र घटना शंकास्पद भएकोले प्रहरीले ठूलीमायाकी नाती २८ वर्षीय प्रविण बिश्वकर्मालाई नियन्त्रणमा लिएको जनाएको छ । घटनास्थल सुरक्षित राखेर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

घरमा उनी र नाति प्रविन विश्वकर्मा बस्दै आएका थिए । प्रहरीले ठूलीमायाको हत्या भएको आशंकामा नाति प्रविनलाई पक्राउ गरेको डिएसपी भण्डारीले बताए ।
नातिमाथि प्रहरीले अनुसन्धान गरीने प्रहरीले जानकारी दिएको छ ।