पाल्पामा भारतीय गाडी दुर्घटना, एकको मृत्यु
काठमाडौं । पाल्पामा सडक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तानसेन रानीमहल सडक खण्डमा आइतबार राती भारतीय नम्बर प्लेटको गाडी दुर्घटनमा परी चालक विकास पाठकको मृत्यु भएको हो ।
दुर्घटना आइतबार राति करिब पौने ११ बजेतिर भएको हो । तानसेनबाट रानीमहल तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको युपी १४ डिएन १०४ नम्बरको कार आफै अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनमा परी घाइते भएका गाडीका चालक पाठकलाई उपचारको लागि मिसन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्
प्रतिक्रिया दिनुहोस्: