Bagmati Samachar Logo

सिन्धुलीमा जीप सुनकोसी नदीमा खसेर बेपत्ता

काठमाडौं । सिन्धुलीको गोलान्जोर गाउपालिका १ स्थित कुडेलेमा मध्येपहाडी लोकमार्गमा एक जिप सुनकोसी नदीमा खसेको छ । सशस्त्र प्रहरीका अनुसार शनिबार साँझ करिब ६ बजे पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको नम्बर नखुलेको जिप सुनकोसी नदीमा खसेको छ ।

दुर्घटना भएको खवर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेस खुर्कोटबाट सहायक प्रहरी निरीक्षकको कमाण्डमा गोताखोरसहित १० जनाको टोली खोजीका लागि खटिएको छ ।

उक्त गाडीमा रहेका ४ जनामध्ये १ जना हामफालेर बाँचेका छन् । उनी सामान्य घाइते भएको शसस्त्रले जनाएको छ । तीन जनाको अवस्था अज्ञात छ । घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।