Bagmati Samachar Logo

बम फाल्ने युवाहरुले भने, ‘रमाइलो गर्न फालेको हो’

दाङ । घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पस परिसरमा बम फाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही १५ काअभियान थापा र सुदन कार्की रहेका छन् । आज बिहान क्याम्पस परिसरमा बम फालेर भाग्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । मोटरसाइकल चढेर भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

थापा र कार्कीमध्ये एकले बम फालेका थिए । त्यसपछि सुतली बम चर्को आवाजमा पड्केको थियो ।

पक्राउ पर्ने थापा र सुदनले रमाइलो गर्नका लागि बम फालेको प्रहरीलाई बताएका छन् ।