दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु
दाङ । इनार सफा गर्ने क्रममा दाङमा दुई जनाको मृत्यु भएको छ । यो घटना तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको हो ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका १६ वर्षीय मुकेश बिक र ३८ वर्षीय रामबहादुर नेपाली रहेका छन् । बिहान करिब १० बजे दुवैजना इनार सफा गर्न भित्र पसेका थिए । उनीहरू अचेत भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
दुवै जनालाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगिए पनि ज्यान जोगाउन नसकिएको प्रहरी नायब उपरीक्षक पोख्रेलले बताए ।
प्रतिक्रिया दिनुहोस्: