प्रहरीको प्रवेशसँग मध्यरातमा पशुपति कोटिहोममा तनाव
काठमाडौँ । पशुपति कोटिहोमका मुख्य आयोजक विजयकृष्णमूर्तिलाई पक्राउ गर्न गएकाे प्रहरी रित्तो हात फर्केको छ । शुक्रबार राती उनलाई पक्राउ गर्न खाेज्दा काेटिहोम स्थल तनावग्रस्त बनेको छ । कोटिहोम स्थलमा प्रहरी पुगेपछि समर्थकले प्रहरी र सरमार बिरूद्व नाबाजी र हुल हुज्जत गरेका थिए ।

समर्थकले निरन्तर हुल हुज्जत गरेपछि प्रहरी फर्किन बाध्य भएको थियो ।
प्रतिक्रिया दिनुहोस्: