Bagmati Samachar Logo

सौर्यको जहाज दुर्घटनामा बाँचेका क्याप्टेन शाक्यको आईसीयूमा उपचार हुँदै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका पाइलट मनिष शाक्यको अहिले काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले दिएको जानकारी अनुसार, उनलाई आईसीयूमा राखेर उपचार भइरहेको छ । उनी बोल्न सक्ने अवस्थामा छन् ।

विमानमा सवार १९ मध्ये अन्य १८ जनाको मृत्यु भइसकेको छ । प्रहरीका अनुसार, १८ जनाकै शवहरू उद्धार गरेर अहिले त्रिभुवन शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ । साढे १२ बजेसम्म ३ वटा शव त्रिवि शिक्षण अस्पताल पु¥याइएको र तीनवटै शव चिकित्सकले मृत घोषणा गरेका छन् ।

बुधबार बिहान ११ः११ बजे दुर्घटनामा परेको जहाज दुर्घटनापछि खोज तथा उद्धारको लागि दमकल, सुरक्षाकर्मीहरू, एम्बुलेन्स लगायत खटिएको थियो ।
क्याप्टेन शाक्यले सन् २००९ देखि गुण एयरलाइन्स उडान सुरु गरेका थिए । उनले २०१२ देखि स्रिमिक एयरलाइन्समा करिब ३ वर्ष ट्रेनिङ म्यानेजरको रुपमा काम गरेका थिए ।
शाक्य २०१४ देखि सिम्रिक एयरलाइन्समा उडान सुरु गरे। पछिल्लो ९ वर्ष ८ महिनादेखि चिफ अफ अपरेसन रहेका छन् । शाक्यले मसुरी मोर्डन र सेन्ट जेभियर्स स्कुलमा अध्ययन गरेका हुन् ।