हेटौंडामा नेपाल मगर संघले ४२औं स्थापना दिवसमा फुड फेष्टिबलसहीत सांस्कृतिक कार्यक्रम गर्ने
हेटौडा । नेपाल मगर संघले ४२ औं स्थापना दिवसको अवसर पारेर बिविध कार्यक्रमको आयोजना गर्ने भएको छ ।
संघले फागुन १५ गते हेटौंडा ४ स्थित हुप्रचौरमा उक्त्त कार्यक्रम आयोजना गर्ने बताएको छ ।
संघको ४२ औं स्थापना दिवसको सन्दर्भमा आइताबार पत्रकार सम्मेलन गरेर विभिन्न सांस्कृतिक कार्यक्रम गर्ने जानकारी गराएको छ ।
बुद्ध चोकबाट मगर सँस्कृति झल्किने झाँकीसहितको र्याली कान्तिराजपथ हुँदै हुप्रचौरमा पुगेर साँस्कृतिक कार्यक्रम गरी सम्पन्न हुने मगर संघ मकवानपुरका अध्यक्ष सन्देश तुम्सिङ मगरले जानकारी दिए ।
साँस्कृतिक कार्यक्रमको साथमा सोही दिन हुप्रचौरमा फुड फेष्टिबल पनि हुने तुम्सिङले बताए । फेष्टिबलमा मगर समुदायमा प्रचलीत विभीन्न परीकारहरु राखिने जनाईएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख आतिथ्यता रहने कार्यक्रममा लोक कलाकारहरु अमृता लाङघेली मगर, हेमन्त आले मगर, हाँस्य कलाकार दिनेश काफ्ले, नृत्यकार शशि पुन मगर लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने अध्यक्ष मगरले बताए ।
हेटौंडा उपमहानगरपालिकाको मूख्य प्रायोजन रहने कार्यक्रममा करिब ५ हजार भन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिए ।
करीब ४ लाख रुपैंयाको लागतमा हुन लागेको कार्यक्रमका लागी उपमहानगरपालिकाका केही वडा र मकवानपुरका केही पालिकाले पनी आर्थीक सहयोग गर्ने अध्यक्षले बताए ।
मकवानपुरमा ३० हजार भन्दा बढी मगर समुदायको बसोबास रहेको छ।
नेपाल मगर संघ मकवानपुरका अध्यक्ष सन्देश तुम्सिङ्ग मगरले स्थापना दिवसको अवसरमा कला संस्कृतिको जगेर्ना गर्ने गरेर सांस्कृति कार्यक्रम गर्न थालेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्: