ललितपुरको बालकुमारीमा झडप हुदा दुई जनाको मृत्यु
ललितपुर । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने गाडीमा आगजनी भएपछि प्रहरीसँगको मुडभेडमा दुइजना युवाको मृत्यु भएको छ । प्रहरीसँगको झडपमा परि दुइइ जनाको मृत्यु भएको छ ।
झडपमा परी गम्भीर घाइते भएका अन्दाजी २३ वर्षीय युवा सुजन राउतको किस्ट अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता नवराज कार्कीले जानकारी दिए ।
प्रहरीसँगको झडपमा घाइते भएका अर्का युवकको पनि मृत्यु भएको छ । अर्का युवा वीरेन्द्र शाहको पाटन अस्पतालमा मृत्यु भएको प्रहरी प्रवक्ता कुवेर कठायतले जानकारी दिए ।
रोजगारीका लागि दक्षिण कोरिया जानका लागि ईपीएस परीक्षा दिन नपाएको भन्दै युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए । सोही क्रममा मन्त्री ज्वालाको गाडीमा आगजनी भएपछि स्थिति तनावग्रस्त बनेको हो ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूको समूहले मन्त्री ज्वालाले प्रयोग गर्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेपछि झडप भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।
मन्त्री ज्वाला प्रदर्शनकारीले गाडीमा आगो लगाउदा मन्त्री सिंहदरबारमै रहेका थिए ।
प्रदर्शनमा उत्रिएका युवाहरूको समूहलाई तितरवितर पार्न प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो । ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार स्थितिलाई नियन्त्रणमा लिँदा खोज्दा प्रहरी र प्रदर्शनमा उत्रिएकाहरूबीच झडप भएको थियो ।
प्रहरीका अनुसार मन्त्री ज्वालाको गाडीलाई घेरेर प्रदर्शनकारीले सुरुमा हावा खुस्काएका थिए । त्यसपछि प्रदर्शनकारीले मन्त्री ज्वालाको गाडीमा आगो लगाएका थिए ।
आज दिन भरी बालकुमारी क्षेत्र तनावग्रस्त रह्यो ।
प्रतिक्रिया दिनुहोस्: