Bagmati Samachar Logo

प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ६८ दरबन्दी घटाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दरबन्दी घटाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले प्रधानमन्त्री कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको छ । जसअनुसार दरबन्दी घटाइएको हो । हाल प्रधानमन्त्री कार्यालयमा २३४ जना कर्मचारी छन् । अब यो संख्या घट्ने भएको हो ।

घटाइएको ६८ दरबन्दी कुन कुन तहको हो भन्नेबारे भने केहि बताइएको छैन ।