Bagmati Samachar Logo

इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री साउदसहितको टोली जाने

काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा आज राती एक टोली जाने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आज राति ११ बजे परराष्ट्रमन्त्री साउदको नेतृत्वमा नेपाल एयरलाइन्सको विमान इजरायल पठाउने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल आउन चाहने नेपालीलाई लिन विमान जाने र आफैँ जहाजमा चढेर आउन चाहे पनि त्यस्ता व्यक्तिको भाडा सरकारले तिर्ने निर्णय भएको बताए ।

इजरायलमा भएको आक्रमणमा परी ज्यान गुमाएका १० विद्यार्थीको शव भने जहाजमा ल्याउन नमिल्ने भएकाले छुट्टै ल्याइने बताए ।