हेटौंडामा २५ मिटर भत्काउन ३५ दिने सूचना जारी
हेटौंडा । पुर्व पश्चिम राजमार्गको दायाँ बाँया २५ मिटर क्षेत्रमा रहेको सम्पूर्ण संरचना हटाउन पुनः सूचना जारी भएको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमनको कार्यलय काठमाडौं, सडक डिभिजन हेटौंडाले ३५ दिने सूचना जारीगर्दै दायाँ बाँयाको २५ मिटर खालि गर्न सूचना जारी गरेको हो ।
सूचना अनुसार हेटौंडा १५ महेन्द्र राजमार्गको रातामाटे बुद्धचोक राप्ती पुलसम्मको सडक दायाँ बाँया २५ मिटर सडक चौडा गर्ने जनाएको छ ।
सडक डिभिजनले यसअघि पनि पटक–पटक सूचना जारी गरे पनि राजमार्गको २५ मिटर क्षेत्र फराकिलो पार्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्: