Bagmati Samachar Logo

माओवादीले ६ वर्षमा पटक पटक धोका दियो ः ओली

काठमाडौं । नकेपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रले ५ वर्षमा पटक पटक एमालेलाई धोका दिएको आरोप लगाएका छन् ।

जारी केन्द्रिय कमिटी बैठकमा प्रस्तुत गरेको दस्तावेजमा उनले माओवादीको अवसरवादी, अविश्वसनीय र अस्थिर चरित्र भएको बताएका छन् । सँग हामी अपरिचित थिएनौ । उनले दस्तावेजमा भनेका छन् , ‘गएका ६ वर्षमा हामीमाथि पटक–पटक यस ढंगको धोखा भएको छ । संविधान जारी गर्न निर्णायक नेतृत्व गरेको, नाकाबन्दीको सामना गरेको र पारवहन सन्धीमार्फत् नेपालको परनिर्भरतालाई अन्त्य गरेको २०७२–७३ सरकारलाई विफल पार्न माओवादी आफै अग्रसर भएको थियो, देशभक्तिपूर्ण आन्दोलनलाई लत्याएको थियो ।’

राजनीतिक स्थायित्व र मुलुकको समृद्धिका लागि २०७४ मा चुनावी सहकार्य र पार्टी एकतासम्मको पहल गरिएको तर विभिन्न शक्ति केन्द्रहरूको उक्साहटमा नेकपाको एकतालाई भत्काएर राजनीतिलाई अस्थिर प्रतिगामी र जनविरोधी बाटोमा अग्रसर गराउन यसका नेताहरू फेरि पनि मुख्य भूमिकामा देखिएका ओलीले उल्लेख गरेका छन् ।

‘माओवादी केन्द्र राजनीतिक अस्थिरताको मुख्य कारक बन्न पुगेको छ । संसदीय अङ्कगणितमा प्राप्त आफ्नो सङ्ख्यालाई सत्ताको सौदाबाजीका निम्ति प्रयोग गर्ने उसको व्यवहारले राजनीति थप विकृत, बदनाम र विवादित बन्न पुगेको छ,’उनले उल्लेख गरेका छन् ।

पुस २६ गते नेपाली काङ्ग्रेस समेतको विश्वासको मत प्राप्त गरेपछि प्रधानमन्त्रीले बोली फेर्न थाले । कहिले राष्ट्रपतिका बारेमा भएको एमालेसँग पूर्व सहमतीलाई भएकै छैन भनेर झुठा बोल्ने र कहिले राष्ट्रिय सहमती भनेकै कांग्रेससँगको सहमती हो भन्ने अथ्याउन थालेको उल्लेख गरेका छन् । ओलीले तत्कालीन सत्ता गठबन्धनभित्रबाट राष्ट्रपतिको उम्मेदवार बनाएर भए पनि सहकार्य जोगाउन प्रस्ताव गर्दा पनि माओवादी चरम अवसरवादबाट ग्रस्त र विभिन्न शक्ति केन्द्रहरूको प्रभावमा परेर दक्षिणपन्थी अवसरवादी ओह्रालो यात्राबाट रोक्न नसकेको बताएका छन् ।

‘माओवादी केन्द्रबाट प्रदर्शित यस राजनीतिकः बेइमानी चरम अस्थिरता र नाङ्गो अवसरवादले राष्ट्रिय राजनीतिलाई फेरि पुरानै बिन्दुमा धकेलेको छ ,’ दस्तावेजमा उल्लेख छ ।