संसद बैठकमै अर्धनग्न बने स्वतन्त्र सांसद अमरेशकुमार सिंह
काठमाडौं । सभामुखले बोल्न नदिएको भन्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् । सोमबारको (आज) को प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरे पनि सभामुखले दिएका थिएनन् ।

त्यसपछि उनले आफूले लगाएको सर्ट र गञ्जी खोलेर विरोध जनाए ।
संसद बैठकमा अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्: