हाम्रो पार्टी वर्तमान सरकारकै पक्षमा छ , रास्वपाले समर्थन फिर्ता लिदा कम्फर्टेवल मेज्युरिटी : उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू र आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताएका छन् । उनले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने बताए ।
यो सरकारसँग कम्फर्टेवल मेज्युरिटी भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पनि सरकारलाई फरक नपर्ने तर्क गरे ।
रफत सञ्चार क्लबले शनिबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारले सुशासन, विकास र समृद्धिको मुख्य अभिभारालाई पूरा गर्दै लैजानुपर्ने आवश्यक्ता पनि औंल्याए ।
अध्यक्ष यादवले सरकार परिवर्तन गरिराख्ने कुरा गलत भएको समेत बताए । राजनीतिक स्थिरताका साथ मुलुकलाई अघि बढाउन आफूहरुले वर्तमान सत्तारुढ गठबन्धन निर्माणमा योगदान गरेको उनको भनाइ थियो ।
अध्यक्ष यादवले मुलुकलाई संकटबाट जोगाउन वित्तीय नीतिमै परिवर्तन गरेर अघि बढन पनि सरकारलाई सुझाव दिए । थुप्रिएर रहेको पुँजी उत्पादनमूलक क्षेत्रमा परिचालन गरेर मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकिने उनको बुझाइ थियो ।
प्रतिक्रिया दिनुहोस्: