आफ्नै गरिमा र साख गुमाउँदै विद्यार्थी आन्दोलन
काठमाडौं । २०३६ र २०४६ को आन्दोलनमा उभार ल्याउन विद्यार्थीले जुन भूमिका निर्वाह गरे, उपलब्धिका निम्ति त्यो नै निर्णायक बन्न पुग्यो । २०६२र२०६३ का आन्दोलनमा मात्र होइन २०५२ देखि माओवादी जनयुद्धमा महत्त्वपूर्ण भूमिका थियो विद्यार्थी आन्दोलनको । सयौँ विद्यार्थीहरू शहीद भए । कैयौँ राज्यले बेपत्ता बनाए भने कैयौँ अपाङ्ग–घाइते छन् ।
राजनीतिक दलहरू प्रतिबन्धित हुँदा विद्यार्थी संगठनहरूले राजनीतिक दलहरूका मुद्दा नै जनतामा लैजाने र स्थापित गर्ने काम गरेका थिए । देशमा भएका राजनीतिक परिवर्तनको वाहक नै विद्यार्थी संगठन बनेका थिए । तर, पछिल्लो समयमा विद्यार्थी आन्दोलनले आफ्नै ओज, महत्त्व र विश्वास गुमाएको छ ।
राजनीतिक दल प्रतिबन्धित भएको समयमा विद्यार्थी संगठनले सत्तालाई हाँक दिन्थ्यो । जनताका हक अधिकार प्राप्तिको लडाइँमा नेतृत्व गर्थ्यो । राणा शासनको अन्त्यका लागि सक्रिय भएको विद्यार्थी आन्दोलन पञ्चायती व्यवस्थामा झन् निर्णायक शक्ति बन्यो । गणतन्त्रपछि विद्यार्थी आन्दोलन गुमनाम मात्र होइन, बदनाम पनि बनेको छ ।
ऊर्जाशील शक्ति यतिखेर शासनसत्ताको प्रतिपक्षमा हुने आन्दोलनको वाहक अहिले लाचार भ्रातृसङ्गठनमा रूपान्तरण भएका छन् । यसले आफ्नो ओज, गरिमा र साख गुमाउँदै गएको अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने बताउँछन् ।
अहिलेको विद्यार्थी आन्दोलन
आजको विद्यार्थी राजनीति र सङ्गठनले आफ्नो दिशा पहिचान गर्न सकेको छैन । विद्यार्थी आन्दोलन दिशाहीन बनेको छ । पछिल्लो समयमा विद्यार्थीका, शैक्षिक मुद्दामा भन्दा पनि सुर न तालमा आन्दोलन चलिरहेको छ । आन्दोलन केका लागि भयो रु किन भयो भन्ने नै थाहा नहुने अवस्थामा आएको न्यौपाने बताउँछन् ।
ुसडक सत्तामा जान्छ र सत्ताको भाषा बोल्छ भने आन्दोलन कमजोर हुन्छ । पछिल्लो समय निजी शैक्षिक संस्थाहरू खुलेपछि त्यसैको पक्षमा नेताहरू लाग्न थालेु, न्यौपाने भन्छन्, ‘यसले गर्दा कैयौँ आन्दोलनहरू सार्वजनिक सरोकारका विषय नै हुन छोडे । आन्दोलन हुने, लेनदेन गर्ने, मिलाउने गर्न थाले । आन्दोलन सार्वजनिक सरोकारको विषय हो, हारे पनि जिते पनि । तर, आन्दोलन किन भयो केका लागि भयो रुु किन सकिएन भनेर सार्वजनिक विषय बन्नुपर्ने उनी बताउँछन् । तर, यहाँ लेनदेनको कुरा नमिल्दा ताला लगाउने, कुरा मिलेपछि ताला खोल्ने हुन थालेपछि आन्दोलन कमजोर बन्न पुगेको उनको तर्क छ ।
विद्यार्थी आन्दोलनको औचित्यमाथि प्रश्न उठ्न थालेको छ । हिजोको विद्यार्थी आन्दोलन राजनीतिक दलसँग परिवर्तनको सहयात्री बनेको थियो । अहिले विद्यार्थी आन्दोलनले विगतको त्यो गरिमा, ओज र इतिहासलाई जोगाउनु त कता हो कता, उल्टै बदनाम बनेको छ । पछिल्लो समय यसको औचित्यमाथि नै प्रश्न चिह्न उठ्न थालेको छ । संगठनहरू नै विघटन गर्नुपर्ने आवाज उठ्न थालेको छ । तर, यसमा सुधार गर्नुपर्ने र अहिलेको समय परिस्थितिअनुसार आन्दोलनलाई अगाडि लैजानुपर्ने अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरे बताउँछन् ।
‘विद्यार्थी आन्दोलन सकियो भन्ने कुरा सही होइनु उनी भन्छन्, ुविद्यार्थी आन्दोलनलाई आजको राष्ट्रिय एजेन्डा र बहसको विषयमा कसरी समावेश गर्ने र नेपाली समाजलाई अझै उन्नत बनाउन विद्यार्थी संगठनको भूमिका कसरी प्रभावकारी बनाउने भन्ने कुरा विद्यार्थीहरूले मनन गर्नुपर्ने बेला भएको छ । उनीहरूले अब आफूलाई एकपटक नयाँ तरिकाले लैजानुपर्छ ।’
पञ्चायती व्यवस्थामा दलहरू प्रतिबन्धित थिए । कम्युनिस्ट(कांग्रेसको नाम उच्चारण गर्दा पनि अपराध मानिन्थ्यो । त्यो समयमा विद्यार्थी संगठनले पार्टीका कामहरू गरेका थिए । निरंकुश पञ्चायतीकालमा स्ववियुको चुनाव गराए । राजनीतिक परिवर्तनको नेतृत्व, राष्ट्रियताको आन्दोलन विद्यार्थी संगठनले गरे । पञ्चायतको अन्त्यका लागि एक दलले मात्र सम्भव थिएन । दलहरूलाई एक ठाउँमा ल्याउन पनि विद्यार्थी संगठनको भूमिका भएको गैरे बताउँछन् ।
उनले भने, ‘राजनीतिक दलहरू भूमिगत हुँदा विद्यार्थी संगठनको जुन भूमिका थियो, त्यो अहिले कमजोर बनेको छ । आज विद्यार्थी आन्दोलनमाथि प्रश्न उठेको छ । विद्यार्थी आन्दोलन थप आवश्यक छ ।ु राष्ट्रियताको हिसाबले, शैक्षिक आन्दोलन, राष्ट्रिय अर्थतन्त्रको विकासका लागि, उद्यमशीलताको हिसाबले अझ विद्यार्थी आन्दोलन आवश्यक रहेको उनी बताउँछन् । अब त्यस तहमा संगठित गर्ने, आन्दोलन परिचालन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै भन्छन्, ुपुनस् आफ्नो सामर्थ्यमा उभिनुपर्छ । पार्टीले भने काम गर्ने, नत्र नगर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।ु विद्यार्थी आन्दोलन पुनः उठाउन विकृतिहरू हटाउनुपर्ने, गैरविद्यार्थी नेता हुने प्रावधान हटाइनुपर्ने, काम नगर्ने, पद ओगटेर बस्ने, आर्थिक अपारदर्शिताको अन्त्य हुनुपर्ने उनी बताउँछन् । संगठनका नेताहरूको आम्दानीको स्रोत के हो रु विद्यार्थी नेताहरूको जीवनमा आएको सम्पन्नताको छानबिन हुनुपर्ने उनी तर्क गर्छन् ।
स्ववियु अग्रगामी परिवर्तनको वाहक, विद्यार्थी हकहितका लागि लड्ने जुझारु संस्था हो । मुलुकको आमूल परिवर्तनका लागि र विद्यार्थीको हकहितका लागि लड्ने विद्यार्थी आन्दोलनको औचित्य आज पनि उत्तिकै रहेको अनेरास्ववियुका पूर्वअध्यक्ष खिमलाल भट्टराई बताउँछन् ।
‘विद्यार्थी संगठनको स्थापना हुँदा राणा शासन, त्यसपछि पञ्चायती व्यवस्था थियो । अहिले देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेको छ । अब विद्यार्थी आन्दोलन फरक तरिकाले अगाडि बढाउनुपर्छु, उनले भने,ुशैक्षिक मुद्दामा केन्द्रित हुनुपर्छ । राजनीतिक विषय वस्तुहरू पनि सही तरिकाले उठाउनुपर्छ । अहिले राजनीतिक आन्दोलनभन्दा पनि शैक्षिक आन्दोलनको महत्त्व बढेको छ ।ु शैक्षिक पुनर्संरचना र शैक्षिक क्षेत्रमा परिवर्तन विद्यार्थी आन्दोनको प्रमुख एजेन्डा हुनुपर्नेमा उनको जोड छ । त्यसका लागि अझै मिहिनेत गर्नुपर्ने उनी बताउँछन् ।
औचित्यहीन बन्दै गएको विद्यार्थी आन्दोलनलाई नयाँ ढङ्गबाट उठाउनका लागि त्यही किसिमको नेतृत्व चाहिन्छ । यहाँ त शैक्षिक मुद्दाभन्दा पनि शैक्षक संस्थाबाट आर्थिक लेनदेन गर्ने गरेका छन् । जसमा पहिलो, नगद लिने । दोस्रो, त्यही शैक्षिक संस्थामा शेयर लिने गरे । जसका कारण विद्यार्थी आन्दोलन बदनाम र कमजोर भएको न्यौपाने बताउँछन् ।
‘अहिले विद्यार्थी आन्दोलनमा आदर्श नै बाँचेको छैन । दुःख गर्न चाहँदैनन् । पढ्नेलेख्ने काम बन्द छ । नयाँ मुद्दा खोजेर विद्यार्थीमाझ जाने चलन पूर्ण रूपमा हरायोु उनी भन्छन्, ुगुटको नेता बनेर कमिसन खाने खेलोमा लागे ।यो आन्दोलनलाई पुनस् उठाउन अहिलेको विरासतले सक्दैन । विरासत नै कमजोर बनेको अवस्था छ ।ु राज्यको शक्ति प्रयोग गरेर कमिसन खाने कुप्रथा बनेको उल्लेख गर्दै उनले निजी शैक्षिक संस्थाका फाइल बोकेर अनुमतिका लागि धाउने र कमिसन खाने काम समेत विद्यार्थी नेताले गरिरहेकोमा दुःख लाग्ने गरेको बताए ।
विद्यार्थी आन्दोलनको इतिहास
नेपालमा २००७ सालको आन्दोलनभन्दा पहिला पनि राजनीतिक जागरणमा प्रमुख भूमिका विद्यार्थीकै थियो । जागरण, दबाब र प्रतिपक्षीय आन्दोलनको पर्यायवाची थियो, विद्यार्थी आन्दोलन । नेपालको राजनीतिक परिवर्तनमा अहम् भूमिका खेल्दै आएको विद्यार्थी आन्दोलन अहिले भने मुर्झाएको छ । नेपालको विद्यार्थी आन्दोलन निरंकुश राणाशासनका विरुद्ध संगठित भएका विद्यार्थीहरूले निर्माण गरेका थिए ।
त्यो समयमा जनताले बोल्न नपाउने, पढ्न नपाउने अवस्था थियो । राणा शासकहरूको बोली कानुन बन्ने चरम दमन र निरंकुशताका विरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनको गौरवपूर्ण इतिहास छ । नेपाली विद्यार्थी आन्दोलनको इतिहासमा सर्वप्रथम १९९१ सालमा भारतको बनारसमा अध्यनरत नेपाली विद्यार्थीहरूले ‘नेपाली छात्र संघ’ गठन गरे ।
२००४ साल असार १ गते नेपालमा ‘जयतु संस्कृतम्’ नामको पहिलो संगठित विद्यार्थी आन्दोलनको सुरुवात भयो । यो संगठनको मुख्य उद्देश्य राणा शासनका विरुद्ध संगठित भएर आन्दोलन गर्नु थियो । मंसिर २२ गते संस्कृत छात्रवास काठमाडौंबाट राणा शासकहरूले ४३ जना विद्यार्थीहरू निष्कासन गरे ।
विद्यार्थीहरूले चरम दमनको प्रतिरोधका निम्ति संगठित विद्यार्थी आन्दोलनको महसुस गरे । त्यसपछि २००६ साल असार १७ गते भूमिगत रूपमा प्रचण्डराज सिंहको नेतृत्वमा ‘अखिल नेपाल विद्यार्थी फेडेरेसन’ गठन गरियो । नेपाली विद्यार्थी अन्दोलनको इतिहासमा यो नै पहिलो संगठन बन्यो ।
२००७ साल पुस २४ गते भारतको मध्यस्थतामा राजा, राणा र नेपाली कांग्रेसले त्रिपक्षीय दिल्ली सम्झौता गरे । उक्त दिल्ली सम्झौताको यो विद्यार्थी संगठनले विरोध गर्यो ।
२००८ साल कात्तिक २० गते आन्दोलनका क्रममा विश्व निकेतन हाई स्कुलमा अध्ययनरत १४ वर्षे विद्यार्थी चिनियाँकाजी श्रेष्ठको काठमाडौंको भूगोलपार्कमा गोली हानी हत्या गरियो । त्यसबेला प्रधानमन्त्री मोहनशमशेर राणा र गृहमन्त्री बीपी कोइराला थिए ।
२०११ सालमा अनेविफेले आफ्नो पहिलो राष्ट्रिय सम्मेलन गर्यो । उपत्यकामा क्रियाशील अन्तरकलेज विद्यार्थी युनियन र अनेविफेबीच २०१३ सालमा एकता भएर ‘नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसन’ गठन गरियो ।
वि।सं। २०२१ साल वैशाखमा त्रिचन्द्र कलेज विद्यार्थी युनियनको सक्रियतामा उपत्यकाव्यापी अन्तरकलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो । सम्मेलनले सबै राष्ट्रघाती असमान सन्धिहरू खारेज गर्नुपर्ने, गोर्खा भर्ती केन्द्र पूर्णतः खारेज गर्नुपर्ने, स्ववियु खोल्न पाउनुपर्ने र बन्दी विद्यार्थीहरूको निःशर्त रिहाइ गर्नुपर्नेलगायतका मागहरू राखी सशक्त संघर्ष गर्ने निर्णय गर्यो ।
यसरी वि।सं। २०१७ साल पुस १ गते राजा महेन्द्रले गरेको ‘कू’पछि राजनीतिक दल र संघसंस्था खोल्न पाउने अधिकारमाथि प्रतिबन्ध लगाइयो । त्यसपछि विद्यार्थी संगठनहरू झन् सशक्त रूपमा राजनीतिक एजेन्डा बोकेर सक्रिय भए ।
अबको बाटो
नयाँ ढङ्गले विद्यार्थी आन्दोलनलाई परिचालित गर्न विद्यार्थीमाझ स्थापित गर्न नयाँ तरिकाले सोच्नुपर्ने पूर्वविद्यार्थी नेताहरू बताउँछन् । अहिले अध्ययनको पाटो पूर्ण रूपमा बन्द भएको छ । संगठन मुद्दामा भन्दा पनि कमिसनमा चल्न थालेको न्यौपानेको आरोप छ ।
समयसापेक्ष शैक्षिक पाठ्यक्रम बनाउने, विचारका लागि अध्ययन गर्ने, संगठनलाई नेताको खल्तीको भन्दा पनि शैक्षिक जागरण, अहिलेको आवश्यकता पूरा गर्ने खालको बनाउनुपर्ने न्यौपानेको तर्क छ । विद्यार्थी आन्दोलनलाई शैक्षिक आन्दोलनका पक्षमा, राष्ट्रियताका पक्षमा, समाजको जनजीविकाको पक्षमा अगाडि बढाउनु जरुरी छ ।
संगठन उद्देश्यका लागि परिचालन गर्ने हो, त्यसका लागि सङ्गठित हुने कुरा प्रमुख भएको गैरे बताउँछन् ।
विद्यार्थी आन्दोलनमा भएका कमिकमजोरीको बेलैमा समीक्षा गरी थप ओज र गरिमालाई घट्न नदिनु अहिलेको प्रमुख आवश्यता भएको न्यौपाने बताउँछन् । उनले भने, ‘विद्यार्थी आन्दोलनको नेतृत्व गरिरहेकाहरूले यसमा आएका समस्याहरूको गम्भीर रूपमा समीक्षा गर्नुपर्छ । अबको विद्यार्थी आन्दोलन कसरी लैजाने भनेर समीक्षा नगरेर अगाडि बढ्न सकिँदैन । गुमेको साख फर्काउन ठूलो मिहिनेत चाहिन्छ । त्यसका लागि प्रमुख नेतृत्व नै लाग्नुपर्छ ।’
कम्युनिस्ट पार्टीले सर्वाधिक महत्त्व दिने विद्यार्थी संगठन अहिले नेताको खल्तीका जस्ता भए । विद्यार्थी नेताहरू पनि संगठन बनाउनुभन्दा नेता र सत्ताको चाकडीमा लाग्न थालेको आरोप पनि लाग्न थालेको छ । अहिलेका विद्यार्थी संगठन राष्ट्रिय आवश्यकता त बन्न सकेनन्, पार्टीको आवश्यकता पनि बन्न सकेका छैनन् । व्यक्तिगत स्वार्थका लागि भने विद्यार्थी संगठन परिचालन भएको आरोप लाग्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: