Bagmati Samachar Logo

भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौं । नेपाल महिला साफ च्याम्पियनसिप फुटबलमा भारत विरुद्धको खेल ऐतिहासिक जितले फाइनल प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतलाई १–०गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

नेपालका लागि पहिलो हाफमा रश्मि कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । घिसिङले पहिलो हाफको इन्जुरी समयमा गरेको गोलले नै नेपाललाई फाइनल पुगाएको हो । महिला साफमा भारतमाथि नेपालको यो पहिलो जित हो ।