Bagmati Samachar Logo

मुम्बई उड्न लागेकाे विमानमा आतंकवादी रहेको सुचना पछि यात्रु ओरालियो 

काठमाडौं। काठमाडौंबाट मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भइरहेको छ । दिउसो १:१०मा उड्न लागेको जहाजमा आतंकवादी रहेको सुचना पाएपछि जहाज रोकिएको हो । कैलाली प्रहरीले आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको हो ।  जहाजमा १४१ जना यात्रु छन् । अहिले सबै यात्रुलाई ओरालेर प्रहरीले जाँच गरिरहेको छ ।