एकीकृत समाजवादीबाट उपसभामुख र मन्त्री बन्नेको सूची
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आन्तरिक रुपमा सरकारमा जाने मन्त्रीहरुको टुङ्गो लगाएको छ । तर त्यसलाई भने अन्तिम रुप दिन बाँकी रहेको छ । एमाले विभााजन भएर ९ भदौमा एकीकृत समाजवादीको मान्यता पाएपछि सरकारमा सहभागी हुन तयार रहेको हो ।
निर्वाचन आयोगले एकीकृत समाजवादी दलको मान्यता दिए पनि एमालेमा रहेका प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिलाई २२ भदौसम्म दल रोज्न पाउने व्यवस्था गरेको थियो । उक्त समय सकिएपछि एकीकृत समाजवादीले मन्त्री हुनेहरुको सुचि तयार पारेको हो । स्रोतका अनुसार एक दुई दिन भित्रै एकीकृत समाजवादीका तर्फबाट प्रधानमन्त्रीलाई मन्त्री बन्नेको नाम बुझाउने तयारी गरेको छ ।
शुक्रबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा पनि प्रधानमन्त्रीले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम मागेका थिए । सरकार बनेको लामो समय हुँदा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । एकीकृत समाजवादीले सरकारमा सबै युवा पठाउने तयारी गरेको छ । एमालेबाट विभाजन भएपछि एकीकृत समाजवादी पहिलो पटक सरकारमा सामेल हँुदै छ । दोस्रो तहका नेताहरुले अन्तिम धोका दिएपछि पहिलो पुस्ताका केहि र तेस्रो पुस्ताका नेताहरु बढी छन् ।
तेस्रो पुस्ताले अहिले सरकारमा सहभागी भएर उदाहरणिय काम गर्नु छ भने उता भरखर निमार्ण भएको पार्टीलाई जनस्तरमा पनि लैजानुपर्ने अवस्था छ ।चुनौतिकाबीच अवसरसहित एकीकृत समाजवादीका युवा नेताहरु सरकारमा सामेल हँुदै छन् । जसमा सकेसम्म समावेशी र प्रदेशको पनि प्रतिनिधित्व हुने गरी सरकारमा पठाउने तयारी गरेको स्रोतले बतायो ।
सत्ता गठबन्धनमा कुन मन्त्रालय कसले लिने भन्ने बारेमा निर्णय नभइसके पनि एकीकृत समाजवादीले भने ७ वटा मन्त्रालय मागेको छ । तर भागबण्डा मिलाउँदा उसले ६ वटा मन्त्रालय पाउने निश्चित जस्तै छ । संसद् पुनस्स्थापनाको लागि एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण भएकाले अहिलेसम्म रिक्त रहेको उपसभामुख उसैलाई दिने तयारी भएको छ ।उपसभामुखमा नेकपा एसले सरला यादवलाई पठाउने तयारी गरेको स्रोतले बताए । स्रोतका अनुसार नेकपा एसबाट मन्त्री हुनेमा पाँच वटा प्रदेशबाट प्रतिनिधित्व हुने गरी तयारी गरेको छ ।
१. भवानी खापुङ, प्रदेश १
२. सरला यादव , उपसभामुख, प्रदेश २
३. विरोध खतिवडा, बागमति प्रदेश
४. किसान श्रेष्ठ, गण्डकी प्रदेश
५. रामकुमारी झाँक्री, लुम्बिनी प्रदेश
६. शेरबहादुर कुँवर, सुदूरपश्चिम प्रदेश
७.मेटमणी चौधरी,लुम्बिनी प्रदेश
यदि एकीकृत समाजवादीबाट प्रेम आले, हीराबहादुर केसीकोल पनि मन्त्री बन्ने चर्चा छ ।
प्रतिक्रिया दिनुहोस्: