ढुक्क हुनुस, एमसीसी संसदबाट पास हुँदैः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास नहुने स्पष्ट पारेका छन् ।
आज मंगलबार वाइसिएल नेपालको पहिलो केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले एमसीसीबारे अमेरिकालाई कुटनीतिक नोट पठाएको बताउँदै नेपालको संसदवाट पास नहुने जानकारी गराए । ‘हामीले पठाएको नोटको जवाफ आएको छैन,’ उनले भने, जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन’,उनले भने,‘तपाईंहरु ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन ।’
उनले संसदवादको आलोचना गरे । प्रचण्डले वाईसीएललाई संसदवादमा नफस्न निर्देशन दिँदै एकीकृत र एकढिक्का भएर अघि बढ्नुपर्ने बताए । उनले अहिलेको शासन प्रणालीमाथि प्रश्न उठिरहेकाले माओवादीको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनपछि आन्दोलन हुन सक्ने संकेत गरे । यो सरकार चुनावसम्म जाने भएकोले माओबादी सहमति र सहकार्यलाई जारी राख्ने प्रचण्डले अवगत गराए ।
प्रतिक्रिया दिनुहोस्: