एमाले र जसपाका प्रदेश सभा सांसद र स्थानीय जनप्रतिनिधिले २२ गते सम्म दल रोज्न पाउने
काठमाडौं। । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित प्रदेश सभा सांसद र स्थानीय जनप्रतिनिधिहरुले भदौ २२ गतेसम्म दल रोज्ने समय पाएका छन्।
९ गते भदौमा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भएर लोकतान्त्रिक समाजवादी गठन भएको छ । एमाले र जसपा विभाजन भएर बनेका नयाँ दुई दलमा जान चाहने एमाले र जसपाका प्रदेश सभाका सांसद र स्थानीय जनप्रतिनिधिलाई २२ भदौसम्म दल रोज्ने समय दिएको छ ।
प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले सम्बन्धित प्रदेश तथा जिल्लास्थित निर्वाचन कार्यालयमा गएर आफूले दल रोजेकोब जानकारी दिनु पर्ने छ ।
प्रतिक्रिया दिनुहोस्: