Bagmati Samachar Logo

जनवर्गीय संगठनमा १० बुँदे सहमति कार्यन्वयन गर्न एमालेले बनायो कार्यदल

काठमाडौं । नेकपा एमालेले जनवर्गीय संगठनहरुमा १० बुँदे सहमति कार्यन्वयन गर्न कार्यदल गठन गरेको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले ४ सदस्यीय कार्यदल गठन गरेको छ।

२७ असारमा भएको १० बुँदे सहमतिलाई जनवर्गीय संगठनहरुमा पनि कार्यान्वयन गर्न महासचिव ईश्वर पोखरेलेको नेतृत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको सचिव प्रदिप ज्ञवालीले बताए ।

पोखरेलको नेतृत्वमा गठित कार्यदलमा उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट र टोपबहादुर रायमाझी सदस्य रहेका छन् ।

जनवर्गीय संगठनहरूमा १० बुँदे कार्यान्वयनको मोडालिटी कार्यदलले तयार पार्ने बताइएको छ ।

स्थायी कमिटीको मंगलबारको बैठकले १० बुँदे सहमति कार्यान्वयनका लागि भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, धनश्याम भुसाल, लेखराज भट्ट र सुरेन्द्र पाण्डे सम्मेलित कार्यदल गठन गरेकोा थियो । आजको बैठकले उक्त निर्णय पनि पारित गरेको छ ।

जनवर्गीय संगठनहरुमा १० बुँदे सहमति कार्यान्वयन गर्न गठन गरेको कार्यदललाई रावल नेतृत्वको कार्यदलले पनि सहजीकरण गर्ने छ।

बिहीबारको केन्द्रीय कमिटी बैठकले असोज ४, ५ र ६ गते विधान महाधिवेशन र मंसिर १०, ११ र १२ गते राष्ट्रिय महाधिवेशन गर्ने स्थायी कमिटीको बैठकको निर्णय अनुमोदन गरेको ज्ञवालीले बताए ।

१०औं महाधिवेशनको कार्यतालिका अन्तर्गत कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका अधिवेशन हुने छन्