ओली-नेपाल वार्ता बिना निस्कर्ष सकियो
काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न भनेर अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता बिना निस्कर्ष सकिएको छ । होटल मेरिटमा भएको वार्ता बिना निस्कर्ष टुङ्गीएको छ ।
वार्तामा सहभागी नेताहरूले भने ठोस सहमति नभए पनि सकारात्मक रहेको बताएका छन् ।
पहिले दुवै तर्फका दोस्रो तहका नेताहरुसहित अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमारबीच कुराकानी भएको थियो । त्यसपछि ओली–नेपाल वान टु वान वार्तामा भएको सुरेन्द्र पाण्डेले पत्रकालाई बताए ।
पाण्डेले भने, ‘सकारात्मक ढंगले कुरा भएको छ । भोली कार्यदलको बैठक बस्छ ।’
भीम रावलले लामो समयदेखि विभिन्न समस्यामा गम्भीर कुराकानी गर्नुपर्ने र गहिराइमा लैजानुपर्ने आवश्यकता रहेको बताए । विष्णु पौडेलले कुनै प्रतिक्रिया दिएनन् ।
तर नेताहरूको उत्साहजनक अभिव्यक्ति भने थिएन । यसबाट अनुमान लगाउन सकिन्छ कि वार्ता सकारात्मक भन्दा पनि दुबै पक्षका आआफ्ना अडानमा अड्किएको छ ।
प्रतिक्रिया दिनुहोस्: