Bagmati Samachar Logo

एमाले विवादःआगामी वैशाख ३० गतेभित्र महाधिवेशन गर्ने ओली पक्षको प्रस्ताव

काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली पक्षले आगामी वैशाख ३० गतेभित्र दशौंऔं महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा महासचिव ईश्वर पोखरेलले वैशाख ३० गतेभित्र महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका छन् ।

यसअघि संसद विघटन गरेपछि ओलीले एमालेको महाधिवेशन मंसिर २ देखि ६ सम्म गर्ने घोषणा गरेका थिए । ओालीले संसद विघटन गरेर वैशाखमा मध्यावधि चुनावको घोषणा गरेको थिए ।

पोखरेलको संगठनिक प्रस्तावअनुसार पार्टी सदस्यता असार मसान्तसम्म नवीकरण र वितरण गरी साउन ५ भित्र केन्द्रमा पठाउन प्रस्ताव गरिएको छ । यस्तै पार्टी विधान संशोधन प्रस्ताव असार २५ गतेभित्र मातहतका कमिटीमा पठाउने प्रस्ताव गरिएको छ । साउन २५ गते विधान सम्मेलन गर्ने निर्णय प्रस्ताव गरेको छ।

यसबाहेक भदौ ५ गते वडास्तरीय अधिवेशन सुरु गर्ने प्रस्ताव गरिएको छ । यस्तै ३२ वटा पार्टीका केन्द्रीय विभाग प्रमुखलाई पनि पूर्णता दिने प्रस्ताव पनि गरिएको छ ।

आम निर्वाचनको कार्यतालिकासँग नजुध्ने गरि पार्टी अधिवेशनमा लाग्नुपर्ने पनि पोखरेलले बताए ।

माधव नेपाल पक्षको माग मुताबिक १० ओेँ महाधिवेशन आयोजक कमिटी भंग गरि केन्द्रीय कमिटीमा फर्किँदा पनि बैठकमा सहभागी नहुनु गम्भीर भएको पनि उनले बैठकमा बताए ।