Bagmati Samachar Logo

माधव नेपाल इमान नभएको मानिस होः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल इमान नभएको मानिस बताए । उनले भने यति सम्म इमान नभएको मानिस हो ।

उनले भने ‘लाजशरम नभएको मानिस हो । प्रतिक्षलाई सहयोग गर्ने , चुनाव चिन्ह सूर्यमा लडेको मानिस हो , तर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भन्दै हिडेको छ । राजनीनिामा दिनु पथ्र्यो । इमान नभएको । जिन्दगीभरी मदन भण्डारकिो विरोध गर्ने मानिस हो । मदन भण्डारीको विचारको विरोध गथ्र्यो । आज मदन भण्डारीको नामा विज्ञप्ती निकाले छ ।’

उनले बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तिको कार्यक्रममा नेपाललाई आफ्नो सरकार ढाल्ने र कम्युनिष्ट आन्दोलन सिध्याउने भन्दै ‘लाजशरम नभएको मान्छे’आरोप लगाए ।
ओलीले नेपाललाई नेपाली कांग्रेसको पछि कुदेको आरोप पनि लगाए लगाएका छन् ।

ओलीले भने, ‘माधव नेपाल भन्ने एकजना कांग्रेसका पछि कुद्ने मान्छे छन् । नेपालको राजनीतिमा सबैले चिन्छन् । उनको खुबै चर्चा हुने गरेको छ । यतिसम्म पनि मान्छे पतन हुँदा रहेछन् । आफ्नो सरकार ढाल्ने, कम्युनिष्ट आन्दोलन सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने हिँड्ने, अनि नेकपा एमालेको वरिष्ठ नेता भन्ने । यस्तो लाजशरम नभएको मान्छे ।’