२०२१ भित्र सबै नागरिकलाई खोप लगाइन्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोप सन् २०२१ भित्र सबै नागरिकलाई लगाईने बताएका छन् ।
बुधबार राजधानीमा नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सन् २०२१ भित्रै सबै नेपाली नागरिकलाई खोप लगाइने बताएका हुन् ।
कोभिड–१९ विरुद्धको खोप अभाव क्रमशः सुल्झँदै गएको दाबी गरेका छन् ।
सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुदजस्ता पाउनैपर्ने हकसमेत विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण नपाएको बताए । बालबालिकाको उपयुक्त शिक्षा, लालनपालन ,खेलकुद पाउनु पर्ने हक नपाउनुमा विगतका सरकारको दोष रहेको बताए ।
विभिन्न ढंगले व्यक्तिगत स्वार्थमा बालबालिकिालाई प्रयोग गर्ने कामसमेत भए बताए। उनले भने ‘कहीँ रित पुर्याएर त कहीँ गुपचुप ढंगले बालबालिकाको दुरुपयोग भयो । परिणामस्वरुप नेपाली बालकाबालिका अभिभावकविहीन हुने र संरक्षण गर्ने कोही नहुने स्थितिमा समेत पुगे ।आगामी दिनमा यस्ता कुरालाई सम्पूर्ण रुपले रोक्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्: