माधव र बाबुरामबीच कोटेश्वरमा भेटवार्ता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। दुबै नेताबीच भेटवार्ता नेपाल निवास कोटेश्वरमा भएको बताइएको छ ।
भट्टराई नेपाललाई भेट्न बुधबार नेपाल निवास कोटेश्वर पुगेका थिए। केहि दिन पहिला एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २८ फागुन देखि यता गरेको निर्णयहरु सर्वोच्च अदालतको फैसलाले अबैध ठहर्याएको छ । उक्त फैसलापछि एमाले एकता गर्न सहज हुने अनुमान गरीरहेको समयमा नेपाल र अन्य दलका नेताहरुबीच भने भेटवार्ता भइरहेको छ ।
सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नेपाललाई भेट्न उनको निवास पुगेका थिए। उक्त भेटमा नै गठबन्धनलाई तल्लो तहसम्म सक्रिय बनाउने सहमति भएको थियो । आज नेपाल भट्टराईबीच भएको भेटवार्तालाई पनि महत्वपूर्ण रुपमा लिइएको छ । प्रतिपक्षको गठबधनमा भट्टराइ पक्षका जसपा पनि सहभागी छ ।
आजमात्र नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालले उपचारको लागि भारत जानु पूर्व पार्टी एकता गर्न इगो त्याग्नु पर्ने भन्दै विज्ञप्ती जारी गरेका छन् । उक्त विज्ञप्तीलाई लिएर नेपाल पक्षका नेताहरु संशंकित बनेका छन् । तर नेपाल भने ओली पक्षसंग भन्दा पनि प्रतिपक्ष गठबन्धनका नेताहरुसंग भेटवार्तामा बढी सक्रिय रहदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्: