Bagmati Samachar Logo

जसपाको पदाधिकारी बैठक बिना निस्कर्ष सकियो

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)को पदाधिकारी बैठक बिना निस्कर्ष सकिएको छ । कार्यकारिणी बैठक बोलाउन र प्रधानमन्त्री केपी शर्मा ओलीसंग मिलेर जाने कि कांग्रेस माओवादी केन्द्रसंग मिलेर जाने भन्नेबारे छलफल गर्न बसेको पदाधिकारी बैठक बिना निस्कर्ष सकिएको एक सदस्यले बताए ।

पदाधिकारीले कुनै निस्कर्ष सकिदा कार्यकारिणी बैठक अनिश्चित भएको छ । कोरोना संक्रमणलाई देखाउदै जसपाले कार्यकारिणी बैठकलाई निषेधाज्ञापछि नै सारेको एक सदस्यले बताए ।

बैठकले कोरोना महामारी भएकाले अहिले कार्यकारिणी बैठक नवोलाउने निर्णय गरेको हो । जसपा एक नेताका अनुसार अव निषेधाज्ञा पछि नै कार्यकारिणी बैठक बस्ने छ । नयाँ सत्ता समीकरणका विषयमा निर्णायक छलफल गर्न जसपाभित्र कार्यकारिणी बैठक बोलाउनुपर्ने माग उठ्दै आएको छ । सरकारमा जाने विषयमा जसपा दुई धारमा विभाजित छ ।