Bagmati Samachar Logo

सांसद पद गुमाएका चार मन्त्रीले पुर्ननियुक्तिको शपथ लिँदै

काठमाडौं । माओवादी केन्द्रबाट सांसद पदबाट निकालीएका चार जना मन्त्रीले पुनः शपथ लिदैै छन् ।

माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनःमन्त्रीमा नियुक्त गरेका छन् । उनीहरुको आज नै शपथ लिने छन् ।

उनीहरुको शपथ कार्यक्रम शुक्रबार साँझ ५ बजे हुने राष्ट्रपति कार्यलयले जनाएको छ ।

उनीहरुलाई नेकपा माओवादी केन्द्रले सांसद पदबाट र पार्टीको साधारण सदस्यबाट पनि निश्कासनको कारबाही गरेको छ ।
राजनीतिक दलसम्बन्धी ऐन अनुसार दल त्याग गरेमा वा पार्टीले काराबाही गरेमा सांसद घुम्ने व्यवस्था छ ।
माओवादी केन्द्रले कारबाही गरेको सूचना बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा वाचन गरेर सुनाएका थिए । हिजोबाट नै चारैजना मन्त्रीको सांसद पद खारेज भएको थियो । सांसद नभएपछि मन्त्री पदबाट पनि पदमुक्त भएका थिए ।

पदमुक्त भएका उनीहरुलाई प्रधानमन्त्री ओलीले पुनः नियुक्तिका लागि सिफारिस गरेका हुन् । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।