एमाले विवादः सुदूरपश्चिममा भीम रावलको नेतृत्वमा समानान्तर कमिटी घोषणा ,जिल्ला नेतृत्व पनि तोकिए
काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले सुदूरपश्चिम प्रदेशमा पार्टीको समानान्तर कमिटी घोषणा गरेको छ । जसको संयोजकको जिम्मेवारी उपाध्यक्ष भिम रावललाई दिएको छ ।
सोमबार र मंगलबार दुई दिन भएको एमालेको सुदुरपश्चिम पार्टी कमिटीको भेलाले सुदूरपश्चिमका नौ जिल्लामा नेपाल खनाल–पक्षले अध्यक्ष पनि तोकेको छ।
खनाल–नेपाल समूहले तोकेका जिल्ला अध्यक्ष
डोटी– चक्र बहादुर मल्ल
डडेल्धुरा– तारा जोशी
बैतडी– महादेव भट्ट
अछाम– शेर बहादुर कुँवर
बझाङ– दिल बहादुर सिंह
बाजुरा– गगन रावल
दार्चुला– ज्ञानेन्द्र घर्ति
कैलाली– दीर्घ सोडारी
कञ्चनपुर– तारा लामा तामाङ
प्रतिक्रिया दिनुहोस्: